पुस १२ । साउदी सेनाको नेतृत्वमा यमनको मध्य क्षेत्रमा रहेका यमनी हुथी समूहको प्रभाव क्षेत्रमा हवाई आक्रमण गरेको छ। आक्रमण जबल मुराद र जौबा जिल्लाका विभिन्न क्षेत्रलाई लक्षित गरी भएको यमनी टेलिभिजनले बताएका छन्।
आक्रमणले हुथी समूहमा के कति क्षति भएको भन्नेबारे थप जानकारी भने दिइएको छैन। गठबन्धन वा यमनी सरकारबाट यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन्। गठबन्धनले सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा हुथी समूहले प्रभाव विस्तार गर्न नसकुन भनेर पछिल्ला केही हप्तादेखि हुथीको प्रभाव क्षेत्रमा हवाई आक्रमण भइरहेका छन्। सन् २०१४ अन्त्यदेखि यमन गृहयुद्धमा फसेको छ। यमनमा इरान समर्थित हुथी समूहको कब्जामा उत्तरी प्रान्तहरू रहेका छन्। राष्ट्रपति अब्द रब्बू मन्सूर हादीको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई सानाबाट पलायन हुन बाध्य गरेको थियो।
साउदीको नेतृत्वमा रहेको अरब गठबन्धनले सरकारलाई समर्थन गर्न सन् २०१४ यमनमा हस्तक्षेप गरेको भए पनि अहिलेसम्म यमनमा समानान्तर सरकार सञ्चालन भइरहेका छन्। एजेन्सी


























