काठमाडौं, पुस ५ । संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले यसबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको छ। राप्रपाले दिउँसो ३ बजाले बस्ने गरी पार्टी सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक बोलाएको अध्यक्ष कमल थापाले जनाएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले भनेका छन्, ‘संसद विघटन सम्वन्धि मन्त्रिपरिषदको निर्णय पछि मुलुकमा विकसित पछिल्लो घटनाक्रम वारे छलफल गर्न राप्रपा सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक आज ३ बजे बस्दैछ।’
Facebook Comments


























