काठमाडौं, मंसिर २९ । खानेपानी मन्त्री बिना मगरले आफ्नो मन्त्रालयमा एक रुपैयाँ पनि भ्रष्टाचार नभएको दाबी गरेकी छिन्। उनले यदि भ्रष्टाचार भएको प्रमाण भेटिए आफूले पदबाट राजीनामा दिने पनि बताएकी छिन्।
आज बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत मन्त्री मगरले भ्रष्टाचार नगर्ने र देश समृद्ध बनाएरै छाड्ने बताएकी छिन्। ‘आज म प्रतिज्ञा गर्छु-खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु। देश समृद्ध बनाएरै छाड्छौं,’ मन्त्री मगरले लेखेकी छिन्। उनको ट्वीटमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। कतिले खानेपानी मन्त्रालय पनि भ्रष्टाचारको भुमरीमा परेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
Facebook Comments


























