चितवन मंसिर २९ । वर्तमान सरकार विरुद्ध भरतपुरमा नेपाली कांग्रेस चितवनको विरोध प्रदर्शन सुरु भएको छ। वर्तमान सरकार आन्तरिक किचलोको दलदलमा फसेर जनपक्षीय काम गर्न नसकेको भन्दै कांग्रेसको केन्द्रीय समितिको निर्णयअनुसार चितवनमा प्रदर्शन सुरु भएको हो।
‘वर्तमान सरकारको अधिनायकवादी चिन्तन र व्यवहारका कारण लामो समयसम्मको संघर्षपछि प्राप्त उपलब्धीसमेत गुम्ने खतरामा रहेकोले केन्द्रीय समितिले नै देशभरका सबै जिल्लामा एकसाथ प्रदर्शन गर्न लागेका हुन्। विरोध प्रदर्शनपछिको सभालाई पूर्व अर्थमन्त्री एवम् पार्टीका पूर्व सह-महामन्त्री डा.रामशरण महतले सम्बोधन गर्ने कांग्रेस चितवनले जनाएको छ। मुलुकभरका ७७ वटै जिल्लामा सुरू भएको प्रदर्शनमा पदाधिकारी तथा कांग्रेसका केन्द्रीय तहका नेताहरू परिचालन गरिएको छ।



Facebook Comments


![सरकारविरुद्ध भरतपुरमा कांग्रेसको विरोध प्रदर्शन [फोटोफिचर]](https://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/04/Elephant-new_PkMhrN96kC.jpg?resize=90%2C60&ssl=1)
![सरकारविरुद्ध भरतपुरमा कांग्रेसको विरोध प्रदर्शन [फोटोफिचर]](https://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/11/binaa-magar.jpg?resize=90%2C60&ssl=1)






















