काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसले भोलि (सोमबार) देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ। सरकारविरोधी प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवाले अपील गरेका छन्। आइतबार एक प्रेश विज्ञप्ति जारी गरेर देउवाले सोमबार ७७ वटै जिल्लामा हुन लागेको प्रदर्शनमा आफ्ना सदस्य, समर्थक, शुभचिन्तकहरुलाई सहभागी हुन अपिल गरेका हुन्।
विज्ञप्तिमा देउवाले कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तीब्र दबाब दिन र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुपर्ने बताएका छन्।
Facebook Comments


























