चितवन, मंसिर २८ । रत्ननगर उद्योग बाणिज्य संघको आसन्न निर्बाचनको लागि २१ औं साधारण सभा सुरु भएको छ। रत्ननगरको होटल स्टार वेन्क्वेटमा आज (आईतवार) र भोली (सोमवार) हुने २१ औं साधारण सभा तथा नवौं अधिबेशनले नयाँ कार्यमिचि चयन गर्दै छ।
बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षहुने व्यवस्था रहेकाले बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्य चयनको लागि भोली (सोमवार) मतदान हुँदै छ। यहाँका व्यवसायीहरु दुई प्यानल बनाएर निर्वाचनमा होमिएका छन्। नेकपाले शंकर गिरीको नेतृत्वको टिम र नेपाली काँग्रेसले देवेन्द्रकुमार श्रेष्ठको नेतृत्वको टिमलाई अघि सारेको छ। विशेष गरी नेकपा निकटका व्यवसायीहरुले चुनावी मैदानमा सक्रियता देखाएको देखिएको छ।

पूर्वी चितवनको आर्थिक र सामाजिक विकासको लागि स्थानीय तहसंग सहकार्य गरी अर्थपूर्ण काम गर्ने भन्दै कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको चौतर्फी विकासमा ध्यान केन्द्रित गरिने निर्वाचनमा होमिएकाहरुले प्रतिबद्धता जनाएकाछन्। संघको संस्थागत विकास, सहकार्य र साझेदारी, व्यवसायको प्रर्बद्धनात्मक कार्यगर्दै बजार व्यवस्थित गर्ने, उद्योग व्यवसायको विकास गर्दै रोजगारी सृजना गर्ने एजेण्ड सहित व्यवसायीहरु निर्वाचनमा होमिएका छन्।
नेकपा निकटका व्यवसायीका प्यानलबाट बणिज्य तर्फको उपाध्यक्षमा भीमनारायण श्रेष्ठ, उद्योग तर्फको उपाध्यक्षमा पुरु खनाल, एशोसियट उपाध्यक्षमा राममणि थपलिया, महासचिवमा निराजन खनाल, कोषाध्यक्षमा उपेन्द्र शर्मा आचार्यले उम्मेदवारी दिएका छन्।
बाणिज्य सदस्यको लागि अर्जुन बस्ताकोटी, इश्वरी प्रसाद अर्याल, रामशरण नेपाल, सुन्दरमणि सुवेदी, सुरेन्द्र दुवाडी, सुर्यप्रकास रेग्मी, प्रकासमणि सापकोटा, उत्तम घिमिरेको उम्मेदवारी दिएका छन्। उद्योग तर्फ सदस्यको लागि अनुप विसुराल, सुवास मिश्र, उद्धबकुमार कोइराला, रामप्रसाद पाण्डे, महेन्द्र घिमिरे, विरञ्जना सापकोटाको उम्मेदवारी परेको छ। महिला सदस्यको लागि निर्मला सुवेदीले उम्मेदवारी दिएका छन्।
यता, काँग्रेस निकटका व्यवसायीका प्यानलबाट बाणिज्य उपाध्यक्षमा कबिन घिमिरे, उद्योग उपाध्यक्षमा निरन्जन थापा, बस्तुगत उपाध्यक्षमा रघुनाथ भट्ट (निर्विरोध निर्वाचित), एसोसिएट उपाध्यक्षमा हरिप्रसाद अधिकारी, महासचिवमा माधव पौडेल र कोषाध्यक्षमा मिना उप्रेती रहेका छन्।


























