काठमाडौं, मंसिर २८ । साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य स्थिर रहेको छ। आइतबार सुनको मूल्य नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको मूल्य ९२ हजार ५ सय रूपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार र शुक्रबार पनि सुनको मूल्य ९२ हजार ५ सय रूपैयाँ कायम गरिएको थियो। प्छिल्लो चार दिनयता अन्तर्राष्ट्रिय बजारमा धेरै अंकको फेरबदल नभएकाले मूल्य स्थिर रहेको हुन सक्ने महासंघले जानकारी दिएको छ। चाँदीको मूल्यमा पनि गत बिहीबारयता फेरबदल भएको छैन। अघिल्लो दिनको भन्दा १५ रुपैयाँले घटेर गत बिहीबार १२ सय रुपैयाँ प्रतितोला भएको चाँदी आइतबार पनि स्थिर छ।
Facebook Comments


























