एजेन्सी,चैत्र १०। जापानमा हुने तय भएको ओलम्पिक खेलकुद सर्ने निश्चितप्रायः भएको छ । सोमबार जापानी प्रधानमन्त्री सन्जो ओबेले ओलम्पिकको मिति सार्नुपर्ने अपरिहार्य भइसकेको बताइसकेका छन् ।
जुलाईमा तय भएको ओलम्पिक खेलकुद यो वर्ष हुनेमा शंका यसअघि नै भएको थियो ।कोरोना भाइरसको महामारी विश्वभर फैलिइरहँदाको संकटलाई मध्यनजर गरी जापानमाथि ओलम्पिकको मिति सार्न दबाब दिइएको हो। क्यानडाले जुलाईमा ओलम्पिक भए आफ्नो देश सहभागी नहुने घोषणा गरिसकेको छ। न्युजिल्यान्डले खुलापत्र लेख्दै मिति सार्न भनेको थियो।
अहिले कोरोना भाइरसको संक्रमण जापानमा पनि छ। ओलम्पिकमा धेरै पदक जित्दै आएको अमेरिका, चीन, युरोपेली देश, क्यानडालगायतमा संक्रमणले भयावह रुप लिइसकेको छ । ती देशहरुले ओलम्पिक सार्न आग्रह गर्दै आएका छन् ।
Facebook Comments


























