काठमाडौं, कार्तिक २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले उपसभापति विमलेन्द्र निधि सभापतिको उम्मेदवार हुनु सकारात्मक भएको बताएका छन्। निधि सभापतिको उम्मेदवार हुँदा दुईभन्दा बढी उम्मेदवार हुने र पार्टी अहिलेझैं दुई वटा ध्रुवमा चर्को विभाजित नरहने उनको भनाइ छ।
बुधबार ट्वीट गर्दै उनले भनेका छन्, ‘उहाँ (निधि) ले सफलता प्राप्त गर्नेरनगर्ने र सफल भए बिना भेदभाव सबैलाई नेतृत्व गर्न सक्नेरनसक्ने कुरा त अहिले पनि परीक्षण र परखको गर्भमा छ।’
Facebook Comments


























