काठमाडौं, कार्तिक २६ । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ। आज सुन १०० ले बढेको हो। मंगलबार एकै दिन ३ हजार ४०० ले घटेको सुन आज १ सयले बढेको हो। सोमबार ५ सय रुपैयाँले बढेर ९८ हजार २०० सयमा कारोबार भएको सुन मंगलबार ९४ हजार ८०० मा कारोबार भएको थियो। आइतबार १ हजारले बढ्दै ९७ हजार ७ सयमा कारोबार भएको थियो।
गत हप्ताको शुरुको दिन आइतबार सुनको मूल्य प्रतितोला ९५ हजारमा कारोबार भएकोमा सोमबार पनि सोहि मूल्यमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार गत मंगलबार सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो।
यस्तै बुधबार ९६ हजार ३ सयमा कारोबार भएको सुन विहिबार भने ९६ हजार २०० मा कारोबार भएको थियो। शुक्रबार एक हजारले बढ्दै सुनको मूल्य ९७ हजार २ सयमा कारोबार भएको थियो।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार ९ सय र तेजाबी सुनको मूल्य ९४ हजार ४०० सय कायम रहेको छ। त्यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। चाँदी आज प्रतितोला १ हजार २२० मा कारोबार भइरहेको महासंघले जनाएको छ।


























