काठमाडौं, कार्तिक २३ । पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपा सचिवालय पुनर्गठनको प्रस्ताव गरेका छन्। आइतबार सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहने गरी पुनर्गठन गरी नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण प्रकिया सुरू गर्न प्रस्ताव गरेका हुन्। उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण र नेतृत्व विवाद अन्त्यका लागि पनि सचिवालयमा नयाँ पुस्ताको बाहुल्यता हुनुपर्ने उल्लेख गरेका छन्।
बाँस्कोटाले ट्वीटमा भनेका छन्, ‘नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँपुस्ताका नेताहरुको बाहुल्यता रहने गरी सचिवालयको पुनर्गठनबाट सुरु गरौँ। कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खत्तम ।’ सामाजिक सञ्जाल ट्विटरमा बाँस्कोटाले लेखेका छन्।
Facebook Comments


























