काठमाडौं, कार्तिक २३ । तत्कालिन पूर्व एमालेहरुको भेला काठमाडौंको बसुन्धारा भएको छ। पूर्व एमालेहरुको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका हुुन्। नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भेला सम्मपन भएको हो। भेलामा पार्टी संकटमा रहेकाले त्यसैअनुसार भूमिका खेल्न उपप्रधानमन्त्री पोखरेलले आग्रह गरेका थिए।
शनिबार दिउँसो भएको भेलामा पूर्व एमाले भेला भनिए पनि बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए। केही दिन अगाडि मात्रै मदन भण्डारी फाउण्डेसनको ब्यानरमा प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई संवोधन गरेपछि नेकपाभित्र असन्तुष्टि देखिदै आएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित सचिवालयका पाँच नेताले भर्चुअल बैठकबारे आपत्ति जनाइरहेका बेला शनिबार ओली निकट नेताहरुको भेला भएको छ।


























