कार्तिक २३ । आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दैछन्। आबुधावीस्थित शेख जायद रंगशालामा बेलुकी पौने ८ बजे हुने दोस्रो क्वालिफायर विजेताले फाइनलमा मुम्बई इण्डियन्ससँगको भेट पक्का गर्नेछ।
लिग चरणका दुवै भेटमा दिल्लीलाई पराजित गरेकाले हैदरावाद उच्च मनोबनलसहित मैदान उत्रनेछ। दिल्ली भने पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग पराजित भएको थियो। हैदरावादले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै क्वालिफायरमा पुगेको हो। एजेन्सी
Facebook Comments


























