कार्तिक १३ । साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफ नजिक पुगेको छ। आबुधाबीमा बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक पुगेको हो। शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो। मुम्बईको जितमा सूर्यकुमार यादबले अविजित रहँदै ७९ रनको बनाए।
यस्तै इशान किसनले २५ रन जोड्दा क्विनटन डी ककले १८ रन जोडे। हार्दिक पाण्डय १७ रनमा आउट हुँदा कुर्नाल पाण्डयले १० रन बनाए। बैंगलोरका युजभेन्द्र चाहल र मोहमद सिराजले २र२ विकेट लिए। क्रिस मोरिसले १ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। बैंगलोरका लागि ओपनर देबदुत पडीकलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले। ४५ बलमा उनले १२ चौका र १ छक्का प्रहार गरे।
यस्तै जोस फिलिपले ३३ रन जोड्दा एबी डी भिलियर्सले १५ रन बनाए। मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए। उनले आईपीएलमा १ सय विकेटको आँकडा समेत पूरा गरेका छन्। जितपछि मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ। आठौं जित निकालेको मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ। बैंगलोर भने १२ खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ। एजेन्सी


























