कार्तिक १३ । कोरोना भाइरसको महामारी बढेपछि फ्रान्समा फेरि एक महिनाको देशव्यापी लकडाउनको घोषणा गरिएको छ। कोरोनाको दोस्रो लहर शुरु भएको भन्दै फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले देशव्यापी लकडाउनको घोषणा गरेका छन्। कोरोनाको दोस्रो लहर झन् खतरनाक हुने भन्दै म्याक्रोनले अत्यावश्यक बाहेक सबैले घरबाटै काम गर्न आह्वान गरेका छन्।
शुक्रबारदेखि सुरू हुने लकडाउन नोभेम्बर अन्त्यसम्म जारी रहनेछ। लकडाउन भए पनि विद्यालय र अत्याव्शयक उद्योग भने खुल्न दिइने भएको छ।अत्यावश्यक नठानिएका उद्योग, रेस्टुरेन्ट र बार भने बन्द हुने छन्। फ्रान्समा पछिल्लो २४ घण्टामा थप ३६ हजार ४३७ जनामा कोरोना पुष्टि भएको छ। एजेन्सी
Facebook Comments

























