कार्तिक ९ । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा डर्टमण्डले साल्केलाई ३-० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको डर्टमण्डले दोस्रो हाफमा तीन गोल गरेको थियो।
खेलको ५५ औं मिनेटमा मानुएल आकान्जीले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए। खेलको ६१ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दा डर्टमण्डको अग्रता २(० को बनाए। त्यसपछि खेलको ७८ औं मिनेटमा माट हुमेल्सले गोल गर्दै टोलीकै ३-० को सहज जित दिलाए।
जितसँगै डर्टमण्डले ५ खेलमा १२ अंक जोडेको छ। डर्टमण्ड तेस्रो स्थानमा रहेको छ। पराजित साल्के ५ खेलमा १ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























