कार्तिक ९ । अफगानिस्तानको राजधानी काबुलस्थित एक अध्ययन केन्द्र नजिक भएको आत्मघाती बम बिस्फोटमा १८ जनाको मृत्यु भएको छ। नीति शैक्षिक संस्था बाहिर भएको बिस्फोटमा अन्य दर्जनौँ मानिस घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। शिया मुसलमानको बाहुल्यता रहेको दास्त ए बार्चीमा रहेको एजुकेशन सेन्टरमा सयौँ विद्यार्थी पढ्ने गरेका थिए।
घटनामा घाइते भएकाहरु विद्यार्थी नै हुन सक्ने स्थानीय अधिकारीहरूले जनाएका छन्। आक्रमणको जिम्मा इस्लामिक स्टेट ९आइएस०ले लिएको बीबीसीले जनाएको छ। एजेन्सी
Facebook Comments


























