काठमाडौं, कार्तिक ६ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ। फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ। गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो।
कोरोना भाईरसको महामारीपछि गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प रहेको छ। जसको कारण नेपालले अन्तर्राष्ट्रिय खेल खेलेको छैन। तर, नेपालले आगामी नोभेम्बरमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ।
नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ। नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ। एक स्थान घटेको भारत १ सय ८ औं स्थानमा रहेको छ। यस्तै माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ।
नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ। भुटान १८९ औं, बंगलादेश १८७ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन्। नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ। यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन्। स्पेन छैटौं, उरुग्वे सातौं, अर्जेन्टिना आठौं, क्रोएसिया नवौं र कोलम्बिया दशौं स्थानमा रहेका छन्।


























