काठमाडौं, कार्तिक ६ । पूर्व मन्त्री गोकुल बाँस्कोटालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जालमा यसबारे जानकारी दिएका छन्। उनले आफूलाई कोरोना पुष्टि भएको भन्दै १० दिन यता कसैलाई नभेटेकोसमेत उल्लेख गरेका छन्।
बाँस्कोटाले आफूलाई लक्षण नरहेको र श्रीमती तारा मानन्धरलाई भने लक्षण पनि रहेको उल्लेख गरेका छन्। उनले आफ्ना दुबै छोराको कोरोना रिपोर्ट भने नेगेभिट आएको बताएका छन्।
Facebook Comments


























