कार्तिक ६ । युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको खेल आज (बिहीबार) बाट सुरु हुँदैछ। युरोपा लिगको समूह चरणमा बिहीबार विभिन्न १२ समूहको २४ खेलहरु हुँदैछ। प्रिमियर लिग क्लब आर्सनलले समूह चरणको पहिलो खेलमा अष्ट्रियन क्लब रापिड विएनसँग खेल्नेछ।
समूह ‘बी’ मा रहेको आर्सनलले उसैको मैदानमा पहिलो खेल खेल्नेछ। खेल नेपाली समय अनुसार राति १० बजेर ४० मिनेटमा सुरु हुनेछ। आर्सनल सुखद जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ। तर, घरेलु टोलीलाई हराउँन आर्सनललाई सहज भने छैन।
इंग्लिस क्लब टोटेनहमले घरेलु मैदानमा अष्ट्रियन क्लब एलएएसकेसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘जे’ को टोटेनहम र एलएएसकेबीचको खेल राति पौने १२ बजे सुरु हुनेछ। त्यस्तै अर्को इंग्लिस क्लब लेष्टर सिटीले युक्रेनी क्लब जोर्यासँग खेल्नेछ। समूह ‘जी’ को लेष्टर घरेलु मैदानमा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ।
इटालियन क्लब एसी मिलानले सेल्टिकसँग खेल्दै युरोपा लिगको सुरुवात गर्नेछ। अर्को इटालियन कलन नापोलीले एजे अल्क्मारसँग खेल्दा रोमाले योङ ब्वाइजसँग खेल्नेछ। स्पेनिस क्लब ग्रानडाले पिएसभीसँग खेल्दा रियल सोसिडाडले रिजिका तथा भिल्ला रियलले सिभास्पोरसँग खेल्नेछ। एजेन्सी


























