काठमाडौं, असोज २१ । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रदेशका नामकरण जातीय पहिचानसहितको नभएको भन्दै माफी मागेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले आफूले माओवादी पार्टीमा हुँदा उठाएको पहिचानसहित संघीयता कार्यान्वयन गर्न नसकेकोमा माफी मागेका हुन्।
‘हिजो मगरात, तमुवान, ताम्सालिङ, नेवाः स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी,गण्डकी, वागमती नाममा टेवल ठटाइरहेको देख्दा भूपिको पंक्ति याद आयो ‘मरेर शहीद हुनेहरू हो,बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ’ भट्टराईले लेख्दै भनेका छन् ‘सरी लली रोका, सुरेश वाग्ले…!’
Facebook Comments


























