बुटवल, असोज २० । प्रदेश ५ को प्रदेश सभाले प्रदेशको स्थायी राजधानी देउखुरी कायम भएको छ। प्रदेश सभाको मंगलबारको बैठकमा भएको मतदानमा सरकारले सभामा प्रस्तुत गरेको दुई तिहाइ मतबाट प्रस्ताव पारित भएको हो।
अब प्रदेशको ५ को राजधानी देउखुरी हुनेछ। दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गरिएको थियो। प्रदेश ५ को राजधानी देउखुरी राख्ने प्रस्तावमा क्रमशः ६९ मत परेको थियो। विपक्षमा १३ मत परेको थियो। त्यस्तै, त्यस्तै, प्रदेशको नाम लुम्बिनीको पक्षमा प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना मतदानमा सहभागी थिए।
२०७४ सालमा गठन भएको प्रदेश सभाले अढाइ वर्षपछि नाम र स्थायी राजधानी तोक्न सकेको हो। तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाल सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटबललाई बनाएको थियो।
संविधानको धारा २८८ (२) मा प्रदेशको राजधानी प्रदेश सभाले तोक्ने व्यवस्था गरिएको छ। भनिएको छ- यस संविधान बमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भए बमोजिम हुनेछ।


























