काठमाडौं, असोज २० । सोमबार घटेको सुनको मुल्य मंगलबार पुनः बढेको छ। आज सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ तोकेको छ, जुन हिजोको भन्दा ८०० रुपैयाँले बढी हो।
यस्तै, आजका लागि तेजावी सुनको मुल्य भने ९४ हजार ४०० रुपैयाँ तोकएको छ। यसैगरि,आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेको छ। आजका लागि चाँदीको मुल्य रु। १२०० रुपैयाँ तोकिएको महासंघको भनाइ छ।
Facebook Comments


























