असोज १० । इण्डियन प्रिमियर लिग आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले दोस्रो जित हासिल गरेको छ। गएराति भएको खेलमा दिल्लीले चेन्नईलाई ४४ रनले हराउन सफल भएको हो। टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनायो। दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले पहिले विकेटका लागि ९४ रन बनाए।
शिखर धवन २७ बलमा ३५ रन बनाएर आउट भए भने पृथ्वी शाले ४३ बलमा ६४ रन जोडे। ऋषभ पन्त र कप्तान श्रीयस ऐयरले ५८ रन बनाए। जितका लागि १ सय ७६ रनको लक्ष्य पाएको चेन्नईले निर्धारीत २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनायो। चेन्नईका पिउस चावलाले २ विकेट लिएका थिए। खेलमा चेन्नईका सेन वाट्सन १४ र मुरली विजय १० रनमा आउट भए। चेन्नईले ४४ रनमा तेस्रो, ९८ रनमा चौथो र एक सय १३ रनमा पाँचौ विकेट गुमायो।
टिमका कप्तान महेन्द्रसिंह धोनी १५ रनमा आउट भए। दिल्लीका कागिसो राबाडाले तीन विकेट लिए। जीतपछि दिल्ली लिगको शिर्ष स्थानमा उक्लिएको छर्। जेन्सी


























