असोज १० । अष्ट्रेलियाले घरेलु भूमिमा तय भएको अफगानिस्तानसँगको टेस्ट र न्युजिल्याण्डसँगको एकदिवसीय सिरिज स्थगित गरेको छ। क्रिकेट अष्ट्रेलियाले कोरोना भाईरसको कारण अफगानिस्तान र न्युजिल्याण्डसँगको सिरिज स्थगित गरिएको जनाएको छ।
अष्ट्रेलियाले पर्थमा नोभेम्बरमा अफगानिस्तानसँग टेस्ट सिरिज खेल्ने तय भएको थियो। अष्ट्रेलिया र अफगानिस्तानले पहिलो पटक टेस्ट सिरिज खेल्न लागेका थिए। यस्तै न्युजिल्याण्डसँग २०२१ को सुरुवातमा तीन खेलको टी-ट्वान्टी सिरिज खेल्ने तालिका रहेको थियो। तर, अष्ट्रेलियाले घरेलु मैदानमा भारतसँग टेस्ट, एकदिवसीय र टी-ट्वान्टी सिरिज भने खेल्ने भएको छ।
अष्ट्रेलियाले भारतसँग चार टेस्ट र तीन खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ। अष्ट्रेलिया भ्रमण स्थगित भएपनि न्युजिल्याण्डले घरेलु मैदानमा वेस्ट इन्डिज र पाकिस्तानसँग भने सिरिज खेल्नेछ। जसको लागि न्युजिल्याण्डले सरकारले अनुमति दिईसकेको छ। एजेन्सी


























