साउन ११ । पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार केलियन एम्बाप्पेले दायाँ खुट्टामा गम्भिर चोट बोकेका छन्।
फ्रेन्च कपको फाईनलमा सेन्ट एटिनेबिरुद्ध जित निकाल्ने क्रममा शुक्रबार उनले खुट्टामा गम्भिर चोट बोकेका हुन्।
२१ बर्षिया एम्बाप्पलाई पहिलो हाफमा सेन्ट एटिनेका डिफेन्डर लोईक पेरिनले खराब ट्याकल गरेका थिए। घाईते बनेका एम्बाप्पे रुदै मैदान छाडेका थिए।
पीएसजीले एम्बाप्पेको चोटलाई ७२ घण्टा निगरानीमा राख्ने बताएको छ।
क्लबले बिज्ञप्ती निकाल्दै एम्बाप्पेको चोट गम्भिर रहेको भन्दै उनलाई चिकित्सकको निगरानीमा केही घण्टा राखिने बताएको हो।
पीएसजीले जुलाई ३१ म फ्रेन्च लिग कपको फाइनल र सिरि ए क्लब एटलान्टासंग अगष्ट १२ मा च्याम्पियन्स लिगको क्वार्टरफाईनल खेल्नेछ।
च्याम्पियन्स लिगको सेमिफाईनलमा अगष्ट १८ देखि १९ र फाईनल खेल अगष्ट २३ मा हुने तय छ।
फ्रान्सेली फरवार्डले यस सिजन ३३ खेलमा २९ गोलगरेका छन्। अप्रिलपछि पीएसजीले पहिलो औपचारिक खेल खेलेको थियो। पीएसजीले उपाधि समेत उचाल्न सफल रह्यो। एजेन्सी


























