सर्लाही, साउन ११ । सर्लाहीको ईश्वरपुरमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
ईश्वरपुर नगरपालिका–१४, गौरीशङ्कर हरकठवाका रामपृत महतोकी १३ वर्षीया छोरी अन्जली कुमारी महतो र आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतोको डुबेर मृत्यु भएको हो।
दुवै बालिकाको स्थानीय प्रकाश महतोले माछा पालन गर्ने उद्देश्यले आफ्नो जग्गामा नयाँ खन्दै गरेको पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ। बाख्रा चराउन गएका बालिकाहरु श्निवार साँझ अबेरसम्म घर नर्फिएपछि गाउँले र प्रहरी मिलेर खोजी सुरु गरेका थिए। त्यसक्रममा शनिवार राती ९ः३० बजेतिर बालिकाहरुको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए।
मृतक दुवै बालिकाको शव पोष्टमार्टमका लागि आज बिहान जिल्ला अस्पताल मलङ्गवा पुर्याइएको छ।


























