काठमाडौं, साउन ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय महिला विभागमा एक सचिव र सदस्यहरु गरी ३८ जनालाई नियुक्त गरेका छन्।
देउवाले सोमबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ ९९० बमोजिम नेपाली कांग्रेस केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरुलाई मनोनयन गरेका हुन्।
‘सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत फागुन १९, २०७६ मा मनोनयन गरिसक्नु भएको थियो,’ पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
Facebook Comments


























