काठमाडौं, साउन ५ । बाढी पहिरोका कारण यो वर्ष मात्र २८ जिल्लामा गरी १ सय १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। गत असार ३० गते देखि हालसम्मको अवधिमा ज्यान गुमाउनेको संख्या १ सय १३ जना पुगेको हो।
विभिन्न जिल्लामा भएका घटनामा १ सय ३ जना घाइते छन् भने ४५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी राखिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाही बताए।
Facebook Comments


























