काठमाडौं, साउन ४ । नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचन पद तथा गोपनियताको शपथ लिएकी छन्। गुल्मीकी ज्वारचनलाई आइतबार सभामुख अग्नि सापकोटासमक्ष शपथ लिएकी हुन्।
ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त स्थानमा कांग्रेसले ज्वारचनलाई सांसद बनाएको थियो। समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते निधन भएको थियो।
सामानुपातिक तर्फको कुनै सांसदको निधन भएमा सोही सामावेशी समूहअन्तर्गत पार्टीले निर्वाचन अयोगमा बुझाएको बन्दसूचीको पहिलो नम्बरमा रहेको व्यक्ति स्वतः सांसद बन्न पाउने व्यवस्था छ। र, कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा छन्त्यालपछि ज्वारचनको नाम छ।
त्यसैले रिक्त पदमा ज्वारचन स्वतः सांसद बनेकी हुन्।
Facebook Comments


























