काठमाडौं, असार २९ । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले बाढी पिडितलाई एकद्वार प्रणालीबाट राहत दिन सरकारलाई निर्देशन दिएको छ।
समितिको आज बसेको बैठकले बाढी, पहिरो, कटानको विपद्बाट जोगाउन यसअघि दिएका सुझाव कार्यान्वयन गर्न निर्देशन दिएको सभापति शशी श्रेष्ठले जानकारी दिइन्।
बाढीपीडितलाई सुरक्षित स्थानमा राख्ने गुरूयोजना तयार पार्न र उच्च जोखिममा रहेका वस्तीलाई सुरक्षित स्थानमा सार्न पनि समितिले निर्देशन दिएको छ।
Facebook Comments


























