असार २४ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (बुधबार) विभिन्न चार खेलहरु हुँदैछ।
प्रिमियर लिगमा बुधबार च्याम्पियन बनिसकेको लिभरपुलले ब्राइटनसँग खेल्नेछ।
ब्राइटनको मैदानमा हुने खेल राति १ बजे सुरु हुनेछ।
ब्राइटनविरुद्ध मैदान उत्रदा लिभरपुल सहज जितको खोजीमा हुनेछ। लिभरपुल जित निकाल्दै शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ।
लिग लिडर लिभरपुलले ३३ खेलमा ८९ अंक जोडेको छ। १५ औं स्थानको ब्राइटनको ३६ अंक रहेको छ।
लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २३ अंकले अघि रहेको छ। सिटीको ६६ अंक रहेको छ।
सिटीले बुधबार नै न्युकासल युनाइटेडसँग खेल्नेछ। सिटीको मैदानमा हुने खेल पौने ११ बजे सुरु हुनेछ।
सिटी घरेलु मैदानमा जित निकाल्दै लिभरपुलसँगको अंक दुरी घटाउने योजनामा हुनेछ।
प्रिमियर लिग अन्तर्गत नै सेफिल्डले उल्भ्ससँग प्रत्सिपर्धा गर्दा वेस्ट ह्यामले बर्नलीसँग खेल्नेछ। एजेन्सी


























