काठमाडौं, असार २४ । काठमाडौं महानगरपालिका–१६ शेषमती पुल नजिक एक व्यक्तिको साथबाट मोबाइल र नगद लुटेर भाग्दै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौंको कलंकी बस्ने २१ वर्षीय सौरभ क्षेत्रीलगायत छन्।
उनीहरुले मंगलबार साँझ तारकेश्वर नगरपालिका–५ गोलढुंगा बस्ने ५० वर्षीय पुरुषको सथबाट नगद ५ हजार १ सय २५ रुपैयाँ र १ थान स्यामसुङ मोबाइल लुटेका थिए।
भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments


























