काठमाडौं, असार २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको बताएका छन्।
नेकपा भित्रको विवादलाई सिमित नेताहरूको समस्याको रुपमा मात्र नहेरौ यो हाम्रो राष्ट्र,देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको छ। शनिबार बिहान फेसबुकमा उनले लेखेका छन्, ‘दुई नेताले के गर्लान भनेर अब हेरेर बस्नु हुँदैन। पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ।’
उनले नेकपा नफुट्ने र फुटाउन नदिने धारणा राखेका छन्। पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आआफ्ना स्वार्थ पूर्तिको हतियार बन्न दिन नहुने स्पष्ट पारेका छन्। ‘एकता गर्दा गरिएका सहमति,आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरण सहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्दछौं।’ उनले भनेका छन्, ‘कार्यकर्ता र जनताको आग्रह अस्विकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त छैन भन्ने कुरा स्मरण गराउन चाहन्छु।’ शर्माले एकताको एक अभियान्ताको नाताले सबै नेता कार्याकर्तालाई पार्टी एकताको पक्षमा योग्दान गर्न अपिल गरेका छन्। उनले रुपान्तरणसहितको एकता आजको आवश्यकता भएको औल्याएका छन्। नेकपाभित्र चर्कँदै गएको आन्तरिक कलहले गम्भीर मोड लिएपछि शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक असार २२ गते सम्म स्थगित भएको छ। कम्युनिस्ट पार्टी (नेकपा) प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार ११ बजे बस्नेगरी बिहीबार स्थगित भएको बैठक २२ गतेसम्म स्थगित भएको जानकारी दिए।
नेकपाभित्र चर्कँदै गएको आन्तरिक कलहले गम्भीर मोड लिएपछि शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त छन्। स्थायी समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै चर्काचर्कीभएपछि आन्तरिक कलहले गम्भीर मोड लिएको हो।
शुक्रबार अध्यक्षद्वय ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको ३ घण्टा लामो छलफलमा महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा समेत सहभागी थिए। छलफलमा ठोस निष्कर्ष निस्कन सकेन। अध्यक्षद्वय आन्तरिक परामर्शमै रहेकाले स्थायी कमिटी बैठक असार २२ गतेसम्म स्थगित गरिएको छ।



















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)






