असार २० । पूर्व कीर्तिमानी धावक विल्सन किप्साङलाई चार वर्षको प्रतिबन्ध लागेको छ।
एन्टी डोपिङ नियम उलंघन गरेको भन्दै विश्व एथलेटिक्सले विल्सनलाई चार वर्षको प्रतिबन्ध लगाएको हो।
३८ वर्षीय केन्याली धावक विल्सनले सन् २०१८ अप्रिल देखि २०१९ को मेसम्म एन्टी डोपिङको नियम तोडेको आरोप विश्व एथ्लेटिक्सले लगाएको छ।
विश्व एथलेटिक्सको नियम अनुसार एक वर्ष भित्र तीन पटक नियम तोडेमा स्वतः प्रतिबन्ध लाग्नेछ।
उनको प्रतिबन्ध २०२० को जनवरीबाट लागु भएको विश्व एथ्लेटिक्सले जनाएको छ। उनलाई जनवरीबाटै निलम्बन गरिएको थियो।
प्रतिबन्धविरुद्ध विल्सनले खेलकुदको न्यायिक निकाय कोर्ट अफ अर्बिट्रेसन अफ स्पोर्ट्समा अपिल गर्न पाउने छन्।
दुई पटकको लन्डन म्याराथन विजेता विल्सनको उत्कृष्ट समय २ घन्टा ३ मिनेट १३ सेकेन्ड हो।
उनले २०१२ र २०१४ मा लन्डन म्याराथन जितेका थिए। उनले बर्लिन, न्युयोर्क र टोकियो म्याराथन पनि जितेका थिए। एजेन्सी



















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)






