साउन ४ । पाहुना टोली पाकिस्तानविरूद्धको दोस्रो टी-ट्वान्टीमा इंग्ल्यान्ड विजयी भएको छ।
लिड्समा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ४५ रनले हराएको हो। इंग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो।
पाकिस्तानका मोहमद रिजवानले ३७ रन जोड्दा शादब खानले अविजित ३६ रन बनाए। कप्तान बाबर आजम २२ रनमा आउट भए। बलिङमा इंग्ल्यान्डका साकीब महमुदले ३ तथा मोइल अली र आदील राशिदले २/२ विकेट लिए।
पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १९ ओभर ५ बलमा अलआउट हुँदै २०० रन बनाएको थियो। इंग्ल्यान्डका जोस बट्लरले ५९ रनको अर्धशतकीय इनिङ्स खेले। मोइन अलीले ३६ रन जोड्दा लियाम लिभिङस्टोनले ३८ रन बनाए। जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ।
Facebook Comments


























