काठमाडौं, असार ८ । गण्डकी प्रदेश सभासदस्य दिपक मनाङे (राजीव गुरुङ) ले अर्थ तथा विकास समितिका सदस्यबाट राजीनामा दिएका छन्।
मनाङेले विकास आयोजनाको अनुगमनका क्रममा समिति निरीह बन्नुपरेको तितो यथार्थ सुनाउँदै पदमा बस्न लाज लागेर राजीनामा दिएको प्रष्ट पारेका छन्।
उनले समिति सभापति दीपक कोइरालालाई राजीनामा बुझाएका हुन्। उनले भने, ‘समितिसहित म पनि योजना अनुगमनमा गएको थिएँ। त्यहाँ त कमिसनको खेल चल्दो रहेछ। विभागको डीजीलाई नै १० प्रतिशत कमिसन, अर्कोलाई २० प्रतिशत कमिसन चाहिने रे। यस्तो त लाजमर्दो भयो नि। त्यहिभएर मैले पनि राजीनामा दिए।’
Facebook Comments


























