असार ८ । भारतले चीनसँग लद्धाखको गलवान उपत्यकामा तनाव बढेपछि अत्याधुनिक हतियार किन्न सेनालाई बजेट उपलब्ध गराएको छ।
सरकारले चीनसँगको सीमा तनावकाबीच सशस्त्र सेनालाई युद्ध तयारीका लागि आपतकालीन कोष प्रदान गरेको हो। सेनालाई अत्याधुनिक हतियार किन्नका लागि पाँच सय करोड भारु उपलब्ध गराएको हो।
‘नरेन्द्र मोदी सरकारले आपतकालिन आवश्यकता प्रक्रिया अन्तर्गत हतियार किन्नका लागि आर्थिक अधिकार प्रदान गरेको छ। ती प्रत्येक परियोजनाका लागि पाँच सय करोड भारुको नयाँ हतियार किन्न सक्छन्,’ सरकारी स्रोतले आजतकलाई भने, ‘यस परियोजना अन्तर्गत सैन्य मामिला विभागको परामर्शमा रक्षा बलले उनीहरूलाई युद्ध लडाईको लागी आवश्यक पर्ने हतियार खरिद गर्न सक्नेछन्।’
सरकारले पर्याप्त बजेट उपलब्ध गराएपछि सेनासहित तीन वटै सुरक्षा निकायले हतियारको लिष्ट तयार पारिसकेका छन्। पछिल्लो चार बर्षमा ‘उरी’ले धेरै स्पेयर र मिसाइलहरू जम्मा गरिसकेका छन् जुन सुरक्षाका लागि त्यति कम थियो।
पूर्वी लद्दाखका धेरै क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच पछिल्लो समय गुद्धको अवस्थामा पुगिसकेका छन्। जुन १६ तारिखमा भएको झडपमा २० जनाको मृत्युसहित ७६ जना भारतीय सैनिक घाइते भएपछि दुवै देशबीचको सम्बन्ध गम्भीर तनावमा परेको छ। सीमामा दुवै देशमा आफ्ना सेनाको संख्या बढाइरहेका छन्। एजेन्सी


























