काठमाडौं, चैत्र २७ । लकडाउनका कारण धेरै मजदूर तथा अन्य अलपत्र परेपछि शुक्रबार र शनिबारकाे लागि काठमाडौँबाट बाहिर जान पाइने भएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले यो निर्णय गरेको हो।
शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान पाइए पनि आउन भने नपाइने पनि समितिले निर्णय गरेको छ। यसको मोडालिटी गृह मन्त्रालयले तयार पारिरहेको छ। सरकारले चैत १० गते सोमबार साँझ अचानक मंगलबार बिहानदेखि लागू हुने गरी लकडाउन घोषणा गरेपछि धेरै काठमाडौंमा रोकिएका थिए।
Facebook Comments


























