हेटौंडा, चैत्र २७ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ मैदा टोलमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई नगद र ताससहित प्रहरीले नियन्त्रणमा लिएको छ।
२२ हजार ५ सय ४५ रूपैयाँ र १८ बुक ताससहित सोही ठाउँका २७ वर्षीय रामेश्वर राई, २६ वर्षीय अशोक थापा, ३३ वर्षीय चित्र शिवभक्ति, २२ वर्षीय सुमन थापा, २८ वर्षीय सुदीप अर्याल, ३२ वर्षीय सागर राई, २९ वर्षीय आकाश बिष्ट र सोही उपमहानगरपालिका-४ कमलडाँडा बस्ने ३० वर्षीय विजय राई रहेका छन्।
उनीहरूलाई बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीले जुवा ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्तापछि अनुसन्धान थाल्ने जनाएको छ।
Facebook Comments


























