भोजपुर, चैत्र २७ । भोजपुरको आमचोक गाउँपालिका–३ दिङ्ला बस्ने २२ वर्षीय साजाङ राई ४ थान भरुवा बन्दुकसहित पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय वोयाङरबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो। गएको चैत्र ६ गते बेलुका सोही ठाउँस्थित जङ्गलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर १४ वर्षीय निश्चल राई घाइते भएको खबरपछि प्रहरीले साजाङको खोजी थालेको हो।
साजाङको साथबाट सुरुमा एउटा भरुवा बन्दुक प्रहरीले बरामद गरेको थियो। त्यसपछि सोधपुछका क्रममा जङ्गलमा छ भनेपछि गएको प्रहरीले झारपातले छोपेको अवस्थामा थप ३ वटा भरुवा बन्दुक बरामद गरेको जनाएको छ।
घाइते भएका निश्चलको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
Facebook Comments


























