काठमाडौं, कार्तिक २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय सदस्यहरुसँग धुम्बाराहीमा छलफल गर्ने भएका छन्। अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका नेता सुवास नेम्वाङसँग उनले यस्तो बताएका थिए। पार्टीमा देखिएको विवाद समाधान गर्ने प्रयासस्वरुप दाहाललाई भेट्न नेम्वाङ पुगेका थिए।
“तपाईँ बालुवाटार आउँदिन भनेर निस्कनुभएछ भनेर मैले सोधेँ,” नेम्वाङले दाहालसँगको कुराकानी बताउँदै भने, “उहाँले अहिले त्यस्तो होइन, आज धुम्बाराहीमा छलफल गर्छु भनेको हुँ। धुम्बाराहीको छलफलपछि म प्रधानमन्त्रीसँग कुरा गर्छु भनेको हुँ।”कुराकानीका क्रममा दाहालले एकतामा चुनौती देखिएको बताएका थिए।
Facebook Comments


























