चैत्र २४ । पूर्व भारतीय स्टार क्रिकेटर युवराज सिंहले कोरोना महामारीसंग लड्न ५० लाख आर्थिक सहयोग घोषणा गरेका छन्। उनले शनिबार साँझ प्रधानमन्त्री कोषमा ५० लाख रुपैयाँ सहयोग गरेका हुन्।
भारतीय अलराउण्डरले महामारीबिरुद्व सबै एकजुट हुन अपिल समेत गरेका छन्। कोरोना महामारीबाट भारतमा ३५ सय बढी मानिस संक्रमित भएका छन् भने ८० बढी मानिसले ज्यान गुमाएका छन्।
युवराजले ट्वीटर ह्याण्डलमा लेखेका छन्, ‘यस एकता देखाउनेवाला दिनमा प्रधानमन्त्री रक्षा कोषमा ५० लाख रुपैयाँ दान दिने बाचा गर्छु। कृपया तपाईपनि आफ्नो तर्फबाट सक्दो योगदान गर्नुहोस।’
उता अनुभवी अफ स्पिनर हरभजन सिंह र उनकी पत्नी गीता बसराले अलडाउनको समयमा आवश्यक पर्ने विपन्न परिवारलाई सहयोग गर्ने भएका छन्।उनीहरुले जलन्धरमा करिब ५ हजार परिवारलाई यस कठिन परिस्थितीमा खाद्यान्न उपलब्ध गराउने भएका छन्। एजेन्सी


























