काठमाडौं, चैत्र २० । एनसेल प्राइभेट लिमिटेडले आजदेखि लागु हुने गरी डाटा सेवामा २५ प्रतिशतले शुल्क घटाएको छ।
योसँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डेटा प्रयोग गर्न सक्नेछन्। एनसेलले करबाहेक प्रतिएमबी २ रुपैयाँ र पे एज यु गो शुल्क रु १.५० मा झारेको छ। यो परिमार्जित शुल्क लकडाउन अवधिभर लागु रहने एनसेलले जनाएको छ।
Facebook Comments