काठमाडौं, चैत्र ६ । सरकारले भेला तोकेको भन्दा बढी व्यक्ति उपस्थित भएको भन्दै संसदीय समितिको बैठक स्थगित भएको छ। संसदको राज्यव्यवस्था समितिको बिहीबारको बैठक झण्डै ४५ मिनेट बसेर स्थगित भएको हो।
संघ, प्रदेश र स्थानीय तहबिचको अन्तर सम्बन्ध सम्बन्धी विधेयकमाथि बिहीबारको बैठकमा छलफल भएको थियो।
छलफल चलिरहेका बेला कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सरकारले २५ जना भन्दा बढी भेला नहुन भनेको र बैठकमा त्यो भन्दा धेरै व्यक्तिको उपस्थिति रहेको भनेपछि सभापति शशी श्रेष्ठले बैठक स्थगित गरेका हुन्।
राज्य सञ्चालनका महत्वपूर्ण विषयमा छलफल हुने राज्य व्यवस्था समितिमा २६ जना सांसद सदस्य छन्। बैठकमा समितिका कम्तिमा सात कर्मचारी उपस्थित हुन्छन्। यस्तै पत्रकारहरुको उपस्थिति पनि तुलनात्मक रुपमा बढी हुने गर्छ।
Facebook Comments


























