काठमाडौं, चैत्र ६ । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखिका सबै पठन पाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले पठन पाठन र सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले जानकारी दिए।
‘चैत ७ गतेपछि हुने त्रिविका सबै संकाय र सबै तहका परीक्षा स्थगित गरिएको छ’ बाँस्कोटाले बताए। कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले बिहीबारदेखि हुने एसईई परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको थियो।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना संक्रमणको जोखिम हुने भन्दै एक ठाउँमा २५ जना भन्दा बढी मानिसको भेला हुन प्रतिबन्ध लगाएको छ। मानिसहरुलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।
Facebook Comments


























