काठमाडौं, फागुन २८ । सत्तारुढ दल नेकपाले आफ्ना केन्द्रीय सदस्य एवम् सांसद गोकुलप्रसाद बास्कोटाको घरमा बम विष्फोट गराइएको घटनाको भत्सर्ना गरेको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन्।
पूर्वमन्त्री समेत रहेका बास्कोटाको भक्तपुरस्थित घरमा आज विहान प्रेसर कुकर बम विष्फोट भएको थियो। विष्फोटमा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाको संलग्नता रहेको आशंका गरिएको छ।
Facebook Comments


























