काठमाडौं, बैशाख २१ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा डाकिएको बैठकमा कोरोना भाइरसको महामारी तीव्र भइरहँदा महाधिवेशनलाई कसरी गर्ने भन्ने विषयमा छलफलको तयारी भएको छ।
सहमहामन्त्री डा.प्रकाशशरण महतका अनुसार यसअतिरिक्त आजको बैठकमा ओलीले यही २७ गते लिन लागेको विश्वासको मतमा कांग्रेसले कस्तो रणनीति अख्तियारी गर्ने भन्नेबारे पनि छलफल हुनेछ।
बैठकमा पूर्वपदाधिकारीलाई बोलाइएको छ। पदाधिकारी बैठक सोमबार नै बस्नै भनिए पनि केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको थियो।
Facebook Comments


























