इलाम, फागुन २८ । चिया मजदुरहरु काम छाडेर वैकल्पिक पेशामा लाग्ने क्रम बढेको छ। नेपाल चिया विकास निगम नीजिकरण भएसँगै सेवा सुविधा कटौती भएको भन्दै त्यहाँ कार्यरत करिब ८० प्रतिशत मजदूरले काम छोडेका छन्।
मजदूरहरुले श्रम ऐनले तोके बमोजिमको सेवा सुविधा पाउनु पर्ने माग गदै आन्दोलन समेत गरेका थिए। बगान सञ्चालकले श्रम ऐन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएपनि त्यो कार्यान्वयन नभएको उनीहरुको भनाई छ।
२०५७ सालमा कन्याम चिया बगान नीजिकरण हुँदा ४ सय ७३ जना मजदूर कार्यरत रहेकोमा अहिले यो संख्या ७२ जना मात्रै सिमित छ।
Facebook Comments






















