काठमाडौँ, फागुन १९ । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि साउदी अरेवियाका राजदूत मुसदै सुलेमान एम अलमारवानीले आज शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत मुुसेइडले सापकोटालाई सभामूखमा निर्वाचित भएकोमा बधाई ज्ञापनगर्दै सफल कार्यकालको शुुभकामना व्यक्त गरे।
सभामुख सापकोटाले साउदी अरेवियासंग नेपालको ४३ बर्षदेखि सुुमधुुर सम्बन्ध रहेको स्मरण गर्दै भेटले सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको बताए।
उनले सच्चा मित्रको चिनारी दुुःखका बेलामा हुने बताउँदै २०७२ सालको बिनासकारी भूूकम्प पछि साउदी सरकारले गरेको सहयोग सँधै स्मरणीय रहने चर्चा गरे।
सभामुुख सापकोटाले साउदी अरब विकास कोषबाट नेपालका विभिन्न क्षेत्रमा प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गरे।
उनले तीनलाख हाराहारी नेपाली श्रमिकलाई रोजगारी र नेपाली हजयात्रीकालागि साउदीले गरेको सहयोगकालागि धन्यवाद ज्ञापन गरे।


























